आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

पर्वतको बिहादीमा गाउँपालिकाको अध्यक्षमा एमाले

बिहीबार, ०४ जेठ २०७४, ०९ : १६
बिहीबार, ०४ जेठ २०७४
फलेवास पर्वत - दक्षिण पर्वतको बिहादी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कमल भुसाल विजयी भएको छ । गएराति १० बजे घोषणा गरिएको अन्तिम मत परिणामअनुसार भुसालले नेपाली काँग्रेसका प्रवीण गुरुङलाई ३०३ मत अन्तरले हराउँदै विजयी भएको हो । भुसालले दुई हजार ४९० मत प्राप्त गर्नुभएको छ भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार प्रवीण गुरुङले दुई हजार २१७ मत प्राप्त गरेका थिए । त्यस्तै, उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार डम्बर कुमारी गुरुङले दुई हजार ३१५ मत प्रापत गरे। उन्कानिकटतम प्रतिद्वन्द्वी नेकाकी उम्मेदवार विष्णु खड्काले दुई हजार २९९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मोती सापकोटाले जानकारी दिए । उक्त गाउँपालिकाका तीन वडामा नेपाली काँग्रेस, दुईमा एमाले र एकमा माओवादी केन्द्रले जितेको थियो । मोदी गाउँपालिकाको अध्यक्षमा एमाले यसैगरी, पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेल विजयी भएको छ । भर्खरै घोषणा भएको अन्तिम मतपरिणामअनुसार पौडेलले एक हजार ३८८ मतको अन्तरले विजयी भएको हो । पौडेलले चार हजार ५११ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश प्रसार्इंले तीन हजार एक सय २३ मत प्राप्त गरेका छन् । त्यसैगरी, उपप्रमुख पदमा पनि नेकपा एमालेकै सेती महत विजयी भएको छ । उन्ले चार हजार २७२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी नेकाकी उम्मेदवार मीना केसीले तीन हजार १४१ मत प्राप्त गरेका थिए । उक्त गाउँपालिकाको अध्यक्षमा उम्मेदवार रहेका नेकपा माअ‍ोवादी केन्द्रका उम्मेदवार मनबहादुर पौडेलले भने ६९१ मत प्राप्त गर्नुभएको छ । उक्त गाउँपालिका–१ मा नेकाको प्यानल नै विजयी भएको थियो भने अन्य सातवटा वडामा एमालेको प्यानलसहित विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप