आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

विवादपछि पुन: सुरु गरिएको ललितपुर ८ नम्बर वडाको मतगणना जारी

बिहीबार, ०४ जेठ २०७४, ०९ : ४२
बिहीबार, ०४ जेठ २०७४
जेठ ४, काठमाडौं - ललितपुर महानगरपालिकाअन्तर्गत वडा नम्बर ८ को मतगणना कार्य जारी छ । हिजो नै मतगणना सकिएपनि मत गन्ने क्रममा अन्य दलले गडबडी गरेको आरोप लगाएपछि विवाद भएको थियो । माओवादी केन्द्रले आफ्नो पक्षमा थोरै मत आएको भन्दै असन्तुष्टि जनाएको थियो । विवादपछि ८ नम्बर वडाको मतगणना फेरी सुरु भएको हो । बुधबार साँझबाट पुन सुरु गरिएको मतगणनाको नतिजा सार्वजनिक गरिएको छैन । सबै मतगणना सकेर मात्र नतिजा सार्वजनिक गर्ने रातोपाटी संवाददाताले बताएका छन् । लालतिपुर महानगरपालिको वडा नम्बर ९ मा कांग्रेस विजयी भएको छ । वडा नम्बर १० मा भने स्वतन्त्र उम्मेदवार ७७ बर्षीय नरसिंह व्यञ्जनकार वियजी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप