आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

कान्तिका सेजुवाल नेपालकै पहिलो नगरपालिका प्रमुख

बिहीबार, ०४ जेठ २०७४, ०९ : ३६
बिहीबार, ०४ जेठ २०७४
जुम्ला, - चन्दननाथ नगरपालिका जुम्लामा विजयी भएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला प्रमुख बनेका छन् । लगातार चार दिनसम्म भएको चन्दननाथ नगरपालिकाको मतगणनाको अन्तिम मतपरिणामबाट सेजुवाल प्रमुखमा भारी मतले विजय भएको हो । उन्ले खसेको सात हजार ५१३ मतमध्ये दुई हजार ८०६ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए । उन्का निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तिलाल महतले दुई हजार ६६ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए । त्यसैगरी, उपप्रमुखमा नेकपा ९माओवादी केन्द्र०का अप्सरादेवी न्यौपाने महतले दुई हजार १८ मत प्राप्त गरी विजय भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका जगतबहादुर खत्रीले एक हजार ७७४ मत ल्याउनुभएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुखका उम्मेदवार अशोककुमार श्रेष्ठले दुई हजार १५ मत प्राप्त गर्नुभएको थियो । नेकपा एमालेबाट उपप्रमुखको उम्मेदवारी दिनु भएकी मेनका रेग्मी चौलागाईंले एक हजार ७१० मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप