चार महानगरपालिको ताजा अपडेटः कहाँ कसको अग्रता ?
काठमाडौ, जेठ ४ – २८३ मध्ये एकसय ६० वटा स्थानीय तहको मतगणना सकिएको छ । ती स्थानमा जनप्रतिनिधिहरु निर्वाचित भइसकेका छन् । बाँकी स्थानको पनि मत गणना जारी रहेकाले परिणाम आउने क्रम जारी छ । पहिलो चरणमा निर्वाचन भएका मुलुकका चार महानगरपालिकाको मत परिणाम आउनेक्रम जारी छ । अन्य स्थानीय तहको तुलनामा मतदातासंख्या धेरै रहेका यी महानगरपालिकामा कसको जित हुने हो भन्ने चासो मतदातालगायत सर्वसाधारणमा बढिरहेको छ । यद्यपी चारै महानगरपालिकाको अन्तिम मत परिणाम आइसक्न अझै केहि दिन लाग्ने देखिएको छ ।
बुधबारबाट काठमाडौ महानगरपालिकाको मत गणनाको गति बढाउन ११ स्थानबाट गन्न सुरु गरिएको छ । बिहिबार बिहान १० बजेसम्ममा झण्डै १५ हजार मत मात्र गनिएको छ । त्यसमा एमाले र कांग्रेसका मेयरका उम्मेदवारबीच तीव्र प्रतिश्पर्धा भइरहेको छ । एमालेका विद्यासुन्दर शाक्यले ५ हजार ३ सय ३७ मत ल्याउदा कांग्रेसका राजुराज जोशीले ५ हजार ३ सय २१ मत ल्याएका छन् । काठमाडौपछि ललितपुरमा पनि कांग्रेस र एमालेका उम्मेदवारबीच झिनो मत अन्तरको प्रतिश्पर्धा भइरहेको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले ९ हजार ४ ३२ मत ल्याउदा एमालेका हरिकृष्ण व्यन्जनकारले ९ हजार २ सय ७२ मत ल्याएका छन् ।
ललितपुरमा एक डेढसयको अघिपछिमा दुइ दलको मत घटबढ हुदै आएको छ । झण्डै एक लाख मतदाता रहेको ललितपुरमा आधा भन्दा बढिजसो मत अझै गणना हुन बाँकी छ । चार महानगरपालिकामध्ये सवैभन्दा पहिला सुरु ललितपुर महानगरपालकाको मतगणना सुरु भएको थियो । बिहिबारसम्म ललितपुरका आठ वडाको मत गनिसकिएको छ ।
राजजधानीका दुईपछि सवैको चासोको विषय बनेको चितवनको भरतपुर महानगरपलिकाको मत गणनामा एमालेका उम्मेदवार देवी ज्ञवालीले सुरु देखि नै अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार ज्ञवालीले माओवादी केन्द्रका उम्मेदवार रेणु दहाललाई झण्डै २ हजार मत अन्तरले पछि पारेका छन् । ज्ञवालीको ६ हजार ८ सय मत पुग्दा दाहालको ५ हजार ८९ मात्र आएको छ ।
उता कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा पनि कांग्रेसका उम्मेदवार रामजी कुँवरले झण्डै २ सय ६० मत अन्तरले एमालेका मानबहादुर जिसिलाई पछि पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण