शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘लेट मि डान्स नेपाल’ मा ११ प्रतिस्पर्धी

बिहीबार, ०४ जेठ २०७४, ११ : ३७
बिहीबार, ०४ जेठ २०७४

काठमाडौं, जेठ ४ – ‘लेट मि डान्स नेपाल’को ‘सिजन–२’मा ११ प्रतिस्पर्धी अन्तिम चरणमा पुग्न सफल भएका छन् । त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट् नेपालको संयुक्त आयोजना रहेको प्रतियोगिताको यो दोस्रो संस्करण हो ।

प्रतियोगिताको झपा, बिराटनगर, नेपालगञ्ज, पोखरा, काठमाडौंलगायत स्थानमा अडिसन भएको थियो । छरिएर रहेका युवा युवतीको लुकेर रहेको प्रतिभा निखार्ने उद्देश्यले ‘लेट मि डान्स नेपाल’ आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष क्षेणुप लामाले बताए ।

नृत्य निर्देशक जोगेन्द्र केसी, नायिका मेलिना मानन्धर र गायक प्रेम लामा प्रतियोगी रहेको प्रतियोगिता जेठको अन्तिम साता फाइनल हुनेछ । प्रतियोगीताको शिर्ष विजेताले नगद रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप