शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हुण्डी कारोबार गर्ने पाँच पक्राउ

बिहीबार, ०४ जेठ २०७४, १४ : ००
बिहीबार, ०४ जेठ २०७४
धनुषा, जेठ ४– अबैध रुपमा हुण्डीको कारोबार गर्ने पाँच जना पक्राउ परेका छन् । रघुनाथपुर–४ बस्ने बिष्णु देव राउत सहित ५ जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनहिरुको साथबाट प्रहरीले ५ थान ल्यापटप, नगद ५४ लाख २५ हजार रुपैयाँ बरामद गरेको छ । यसैबिच पर्साको पोखरिया नगरपालिका–३ स्थित भोला यादवको घरबाट प्रहरीले ४५ केजी अवैध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लंगडीबाट खटिएको प्रहरी टोलीले ५ ओटा सेतो बोरामा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो । गाँजा कारोवारमा संलग्न यादव फरार रहेको र उनको खोजि भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप