नतिजा पूरा नआउँदै विपक्षी कुर्लियो संसदमा
बिहीबार, ०४ जेठ २०७४, १७ : ०५
काठमाडौ, जेठ ४– प्रमुख प्रतिपक्ष नेकपा एमालेले सरकार आफैंले स्थानीय तहको निर्वाचनमा धाँधली गरेको आरोप लगाएको छ । व्यवस्थापिका संसदको विहिबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष एमालेका सांसद राजेन्द्र पाण्डेले सरकारले स्थानीय तहको निर्वाचनमा धाँधली गरेको आरोप लगाएका हुन् ।
एमालेले सत्तारुढ काँग्रेस/माओवादी केन्द्रको आडमा दोलखा र धादिङमा आफ्ना दुई जना कार्यकर्ताको हत्या भएको र देशका विभिन्न भागमा अपराधिक गतिविधि भएको दावी गर्दै छानवीन गर्न संसदीय समिति गठन गर्न पनि सरकारसँग माग गरेको छ । बैठकमा सांसद पाण्डेले प्रधानन्यायाधीश सुशील कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन संयुक्त राष्ट्र संघले पत्राचार गरेको हो/होइन भन्दै संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरे । उनले प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग लगाएर न्यायपालिकामाथि हस्तक्षेप गर्ने कदमबाट पछि हटनसत्तारुढ काँग्रेस र माओवादी केन्दलाई पुनः दवाव दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद कुन्तीकुमारी शाहीले स्थानीय तहको निर्वाचनमा सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले धाँधली गरेको भन्दै आपत्ति जनाइन् । उनले निर्वाचनको बुथ सुरक्षा गर्न गएका कालिकोटका आफना कार्यकर्ताको हत्यामा संलग्नलाई तत्काल कार्वाही गरी पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले निर्वाचन आचारसंहिता विपरितका गतिविधि जारी राखेको उल्लेख गर्दै आक्रोश व्यक्त गरे । उनले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न नभई सरकार परिवर्तन गर्न नहुने समेत बताए ।
राष्ट्रिय जनता पार्टी, नेपालका सांसद जंगीलाल राय, बहुजन शक्ति पार्टीका सांसद विशेन्द्र पासवानले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति सार्न माग गरे । जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मुस्लिम समुदायको पर्व रमजान परेकाले निर्वाचनको मिति सार्नुपर्ने सांसदद्वय राय र पासवानको भनाई छ ।
उता, एमालेसहितका विपक्ष दलहरुले आचारसंहिता विपरित हुने भन्दै बजेट अघि नै दोस्रो चरणको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग माग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण