रोमाञ्चक खेलमा पुणेलाई १ रनले हराउँदै मुम्बाईलाई आइपिएलको ह्याट्रिक
हैदरावाद, चैत ८ – आइपिएलको १० औँ सिजनको फाइनलमा पुणे सुपरजायन्टसलाई एक रनले हराउँदै मुम्बई इन्डियन्सले तेस्रो पटक उपाधिमाथि कब्जा जमाएको छ । यसअघि सन् २०१३ र २०१५ मा मुम्बईले आइपिएलको उपाधि जितेको थियो ।
अन्तिम ओभरमा १३ रनको आवश्यकता रहेकोमा मिचेल जोनसनले लगातार दुई बलमा मनोज तिवारी र कप्तान स्टिभ स्मिथलाई आउट गर्दै मुम्बईको जीत सुनिश्चित गरे ।
अन्तिम बलमा तीन रन आवश्यक रहेकोमा ड्यानिल क्रिस्टियन २ रन बनाउँदै रन आउट हुन पुगे ।
यसअघि यो सिजन तीनवटा खेलमा पुणेसँग पराजित भएको मुम्बईले पहिलो पटक पुणेलाई हराएको हो ।
जितका लागि १३० रन आवश्यक रहेकोमा पुणेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र १२८ रन बनाउन सक्यो ।
कप्तान स्मिथले ५१ रन बनाए भने ओपनर अजिंका रहाणेले ४४ रनको योगदान दिए पनि मुम्बईले प्रस्तुत गरेको मध्यम स्कोर पछ्याउन सकेन ।
मिचेल जोनसनले ३ तथा महेन्द्र सिंह धोनीको महत्वपूर्ण विकेटसँगै जस्प्रित बुमराहले २ विकेट लिएपछि पुणे पहिलो उपाधि जित्नबाट बञ्चित रह्यो ।
यसअघि पुणेको कसिलो बलिङ सामु मुम्बईले ८ विकेट गुमाउँदै १२९ रन बनाएको थियो ।
मुम्बईका लागि क्रुनाल पाण्डेयले सर्वाधिक ४७ रनको योगदान दिए । पुणेका लागि जयदेव उनडकाट, एडम जाम्पा र ड्यानिल क्रिस्टियनले २–२ विकेट लिए ।
यस सिजन हैदराबादका डेभिड वार्नरले सर्वाधिक ६४१ रन बनाए भने हैदराबादकै भुवनेश्वर कुमारले सर्वाधिक २६ विकेट लिन सफल रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण