शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ललितपुरमा खाता खोल्यो माओवादी केन्द्रले

सोमबार, ०८ जेठ २०७४, ०७ : ००
सोमबार, ०८ जेठ २०७४
जेठ ८, ललितपुर - ललितपुर महानगरपालिका वडा नम्बर २१ र २२ मा माओवादी केन्द्र विजयी भएको छ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार ललितपुरमा माआवादी केन्द्रले जीतको खाता खोल्न सफल भएको हो । २१ नम्बर वडामा माओवादी केन्द्रका रबिन्द्र महर्जन विजयी भएका हुन् । उनले १२ सय ३५ मत पाए । उनका प्रतिस्पर्धि नेकपा एमालेका मदन कृष्ण डंगोलले ९ सय ७५ ल्याए । २ सय ६० मतले महर्जन विजयी भएका हुन् । त्यसैगरी २२ नम्बर वडामा नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै माओवादीका उम्मेरवार अमिरमान शाक्य विजयी भएका छन् । उनले १२ सय ७९ मत ल्याएर विजयी भए भने निकटतम प्रतिस्पर्धि नेकपा एमालेका प्रेमभक्त महर्जनले १२ सय ७० मत मात्र ल्याएका रातोपाटी संवाददाताले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप