सगरमाथामा अमेरिकी आरोहीको मृत्यु, १२० आरोही शिखरमा
सोमबार, ०८ जेठ २०७४, ०८ : ०८
सोलुखुम्बु - सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ ।
चिकित्सकसमेत रहेका उनको आइतबार आठ हजार ४०० मिटरको उचाइमा ज्यान गएको प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिए । उनीसँगै यस वर्ष सगरमाथामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।
यसअघि नेपाली नागरिक मीनबहादुर शेरचनको आधार शिविरमा ज्यान गएको थियो भने स्वीस नागरिक युली स्टेकको पनि आधार शिविरमै ज्यान गएको थियो । आरोहण सकेर फर्कदै गरेका एक भारतीय नागरिक पनि शनिबारदेखि हराइरहेका नेपाल सरकारको तर्फबाट सगरमाथा आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
सम्पर्क अधिकृत श्रेष्ठका अनुसार यस वर्ष आइतबारसम्ममा १२० भन्दा बढी आरोही शिखरमा पुगेका छन् । आरोहणका लागि कुल ३७४ जनाले अनुमति लिएकोमा आइतबारसम्म करिब १२० जना शिखरमा पुगेका हुन् । जेठ ११ गतेसम्म चल्ने आरोहणका क्रममा मौसम अनुकूल भए धेरैले आरोहण गर्ने श्रेष्ठले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण