शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नवनिर्वाचित नगर प्रमुखको प्रतिवद्धता : बलेवा विमानस्थल सञ्चालन गर्ने

सोमबार, ०८ जेठ २०७४, ०८ : १९
सोमबार, ०८ जेठ २०७४
फलेवास - पर्वतहालै निर्वाचित पर्वतको कुश्मा र बागलुङ नगरपालिकाका प्रमुखले विगत दुई दशकभन्दा अघिदेखि बन्द भएको बलेवा विमानस्थल सञ्चालन गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । नवनिर्वाचित नगरप्रमुखको सम्मानमा कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले आइतबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै ती जनप्रतिनिधिले धौलागिरिको भविष्य निर्माण गर्नका लागि बलेवा विमानस्थलको महत्वपूर्ण भूमिका रहेको बताउँदै दुई वर्षभित्रमा बलेवा विमानस्थल नियमित रुपमा सुचारु गर्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बागलुङको बलेवा क्षेत्रका बासिन्दाको कुश्माबजारसँग सदियौँदेखिको घनिष्ठ सम्बन्ध रहेको बताउँदै बलेवा क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले बलेवा विमानस्थल पर्वत सदरमुकामसँगै जोडिएको र त्यसबाट पर्वतवासीले पनि उत्तिकै लाभ लिन सक्ने बताउँदै आफ्नो तर्फबाट जिल्लादेखि केन्द्रित तहसम्म पहल गर्ने बताए । सो अवसरमा बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख जनक पौडेलले नगरपालिकाभित्रैको बलेवा विमानस्थल सञ्चालन गर्न आफू सक्दो प्रयासमा लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सीता शर्मा लामिछानेले जुनसुकै पार्टीमा आबद्ध भए पनि अबका दिनमा आफूहरु जनमुखी र निष्पक्षरुपमा नगरपालिकाको सेवामा लाग्ने बताए। काँग्रेस क्षेत्रीय सभापति पौडेलद्वारा राजीनामा यसैगरी नेपाली काँग्रेस पर्वत क्षेत्र नं १ का क्षेत्रीय सभापति गङ्गाधर पौडेलले पदबाट राजीनामा दिए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुख पदको आकांक्षी समेत रहनुभएका पौडेलले नेपाली काँग्रेसद्वारा आयोजित विजयी सभाकै अवसरमा राजीनामा दिएका हुन् । उन्ले आफ्नो राजीनामा पत्र नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल र केन्द्रीय सदस्य तथा सांसद अर्जुनप्रसाद जोशीलाई बुझाएको हो । स्थानीय तहको चुनावमा कुश्मा नगरपालिकाको प्रमुख पदमा आफू आकांक्षी हुँदाहुँदै पार्टीमा कनिष्ठ र आफ्नै नातेदार भाइलाई टिकट दिएको भन्दै उहाँले राजीनामा दिएको बताए । । ४० वर्षभन्दा लामो आफ्नो राजनीतिक बलिदानीलाई लत्याउँदै पार्टीले गरेको निर्णय सहन नसकी नेपाली काँग्रेसको पार्टी सदस्यता समेत नरहने गरी राजीनामा दिएको उहाँले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप