शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हुम्लाको खार्पुनाथमा काँग्रेस विजयी

सोमबार, ०८ जेठ २०७४, ०८ : ३६
सोमबार, ०८ जेठ २०७४
हुम्ला - खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका कर्णबहादुर रावतले एक हजार ११० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गणेश रावलले ५३३ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै सिन्दु हमालले एक हजार १८ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुपा शाहीले ९५९ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयका खिलनाथ रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप