शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बजेट अधिबेशन आजबाट : राष्ट्रपतिले बिहीबार नीति तथा कार्यक्रम पेश गर्ने

सोमबार, ०८ जेठ २०७४, १० : ४४
सोमबार, ०८ जेठ २०७४

काठमाडौ, जेठ ८ –संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट लयाउनुपर्ने भएपछि आजबाट बजेट अधिवेशन सुरु हुने भएको छ । राष्ट्रपतिको आह्वानमा बजेट अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो १ बजेका लागि डाकिएको हो ।

यसअघि आइतबारको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो । सरकारले तयार गरेको नीति तथा कार्यक्रमको दस्ताबेज राष्ट्रपतिले स्वीकृत गरेर व्यवस्थापिका संसद बैठकमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

संसद सचिवालयका अनुसार सोही व्यवसथा बमोजिम बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछिन् । पेस भएको नीति तथा कार्यक्रममा बिहीबारबाटै छलफल हुने छ । सरकारले तयार गरेको आगामी बर्ष ७४÷७५ को नीति तथा कार्यक्रममा राष्ट्रिय महत्वका सवै विषय समेटिएको अर्थमन्त्री कृष्ण बहादुर महराले बताएका छन् ।

बजेट अधिवेशन सुरु भएसँगै जेठ ९ गते संसदमा प्रिबजेट छलफल हुने बताइएको छ । सरकारका तर्फबाट अर्थमन्त्रीले पेस गर्ने प्रस्तावमा यो पटक एक दिनभन्दा बढि छलफल हुन नसक्ने बताइएको छ । यसअघिका वर्षहरुमा प्रिबजेट कम्तीमा तीन दिनसम्म छलफल गरिने गरेपनि समय अभावका कारण यो वर्ष छलफलको समय छोट्याइएको हो ।

नीति तथा कार्यक्रममा संशोधन समय र छलफलका लागि जेठ १२ र १३ गतेसम्मको समय तोकिएको संसद सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप