शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ला लिगाको सर्वाधिक गोलकर्ता बन्दै मेस्सीलाई पिचिची ट्रफी

सोमबार, ०८ जेठ २०७४, ११ : ०४
सोमबार, ०८ जेठ २०७४

बार्सिलोना, जेठ ८ – सन् २०१२–१३ सिजन पछि लियोनेल मेस्सी ला लिगाको सर्वाधिक गोलकर्ता बन्दै पिचिची ट्रफी जितेका छन् ।

अर्जेन्टिनी खेलाडीले यो सिजन बार्सिलोनाका लागि ३७ गोल गर्दै चौँथो पटक उपाधि जितेका हुन् । गत सिजनका विजेता लुइस सुवारेजलाई ८ गोलले पछि पार्दै उनले यस पटक सर्वाधिक गोलकर्ता बन्न सफल भएका हुन् ।

पिचिची अवार्डमा मेस्सीभन्दा पछि परेका रोनाल्डोले यो सिजन २५ गोल गर्दै तेस्रो स्थानमा रहन सफल भए ।

तीनै खेलाडीले ला लिगाको अन्तिम दिन गोल गरेका थिए । मेस्सीको दुई गोलले बार्सिलोनाले इबारलाई ४–२ गोलअन्तरले हरायो ।

सुवारेजले पनि त्यस जितमा गोल गर्दै इबारले लिएको २–० को अप्रत्यासित नतिजालाई बराबरी गरेका थिए ।

उता, रोनाल्डोले मालागाविरुद्ध शुरुवाती गोल गर्दै रियललाई ला लिगा जित्न मद्दत गरेका थिए ।

योसँगै युरोपियन गोल्डन बुटको पनि उनी हकदार बनेका छन् ।

मेस्सी र रोनाल्डोले यो उपाधिमा लामो समय अधिपत्य जमाउँदै आएका थिए । दुई बाहेक सन् २००८–०९ सिजनमा डिएगो फ्लोरानपछि यो उपाधि जित्ने सुवारेज पहिलो खेलाडी हुन् ।

चारवटा पिचिची उपाधिसहित उनल फ्रेरेंक पुस्कासको किर्तिमान बराबरी गरेका छन् । उनी अघि ह्युगो सान्चेज, कुइनी र अल्फ्रेडो डि स्टेफानो ५ उपाधि सहित अघि रहेका छन् । एथ्लेटिक बिल्बाओका टेल्मो जाराले किर्तिमानी ६ पटक यो उपाधि जितेका छन् ।

रियलले लिग जित्दा मेस्सीलाई यो सान्तवना जीत बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप