शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ललितपुर महानगर अपडेटः मतगणना स्थलबाहिर नाराबाजी

सोमबार, ०८ जेठ २०७४, ११ : ०७
सोमबार, ०८ जेठ २०७४

ललितपुर, जेठ ८– ललितपुर महानगरपालिकाको मतगणनास्थलबाहिर तनाव भएको छ । वडा नम्बर २१ र २२ को मतगणना सकिँदा माओवादीका उम्मेदवार विजयी भएको विजेता घोषणा गर्न ढिलाई गरिएको भन्दै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले नाराबाजीसहित विरोध पदर्शन गर्दा तनाव भएको हो । माओवादीको नाराबाजीसँगै मतगणनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने भित्र मतगणना चलिरहेको छ । नम्बर वडामा माओवादी केन्द्रका रबिन्द्र महर्जन विजयी भएका छन् ।

उनले १२ सय ३५ मत पाए । उनका प्रतिस्पर्धि नेकपा एमालेका मदन कृष्ण डंगोलले ९ सय ७५ ल्याए । २ सय ६० मतले महर्जन विजयी भएका हुन् ।

त्यसैगरी २२ नम्बर वडामा नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै माओवादीका उम्मेरवार अमिरमान शाक्य विजयी भएका छन् । उनले १२ सय ७९ मत ल्याएर विजयी भए भने निकटतम प्रतिस्पर्धि नेकपा एमालेका प्रेमभक्त महर्जनले १२ सय ७० मत मात्र ल्याएका रातोपाटी संवाददाताले जनाएका छन् ।

आधिकारिक रुपमा भने विजेता घोषणा गर्न ढिलाई भएपछि माओवादी केन्द्रका नेता हरि दाहाललगायतका नेता कार्यकर्ता नाराबाजीमा उत्रिएका हुन् । यद्यपी बाहिर नाराबाजी भएपनि भित्र भने मतगणना जारी रहेको छ । अहिले बडा नम्बर २४ र २५ को मतगणना चलिरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप