गणतन्त्र दिवस भव्यताका साथ मनाउने सरकारको निर्णय
काठमाडौं, जेठ ८– सरकारले गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । गणतन्त्र दिवस मुल समारोह समितिको सोमबार बिहान गृह मन्त्रालयमा बसेको बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई विविध कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय गरेको हो ।
गणतन्त्र दिवस समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसलाई जनताको सहभागितामा सम्पन्न गर्नुपर्ने बताए । प्रमले भने, ‘गणतन्त्र दिवस नेपालको इतिहासमा युगान्तकारी दिन हो । यसलाई हामीले औपचारिकता भन्दा माथि उठेर जनताको सहभागितामा मनाउनु पर्दछ । गणतन्त्र दिवसबारे जति पनि सुझाव आएका छन्, तिनलाई समेटेर यसलाई भव्य रुपमा मनाऔं ।’ पहिलो चरणको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न भएको प्रधानमन्त्रीले बताए । उनले भने, ‘पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, निर्वाचन अत्यन्तै शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न भएको छ । सरकार दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिरहेको छ, निर्वाचन सम्पन्न गरेर देशलाई राजनीतिक स्थीरता र समृद्धिको बाटोमा लैजान सरकार गम्भीर छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण