मौसम र जलवायुको जानकारी दिन पाल्पाका किसानलाई मोबाइल फोन वितरण
पाल्पा, ८ जेठ । जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएकोछ । यहाँका ४३ वटा अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो ।
कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना व्यवस्थापन एकाइले मोबाइल फोन वितरण गरेको हो ।
कृषि व्यवस्थापन सूचना प्रणाली कार्यक्रमअन्तर्गत कृषि मौसम र जलवायुसम्बन्धी जानकारी सहजरुपमा पाउनका लागि सिमकार्डसहित मोबाइल फोन वितरण गरिएको गरिएको हो ।
किसानलाई जानकारीमूलक उत्पादनका प्रचारप्रसार, उत्पादन वृद्धिका लागि कृषि जलवायु तथा प्रविधिजडित जानकारीमूलक कृषि एप्ससहितको मोबाइल फोनसँगै मोबाइल रेनगेज, तापक्रम नाप्ने थर्मोमिटर वितरण गरिएको छ ।
मोबाइलबाट किसानले कृषिसम्बन्धी प्रश्न उत्तर, मौसमका बारेमा जानकारी, सूचना तथा जानकारीको अपडेट, कृषि र किसानको सफलताको कथालगायतका कुरा मोबाइलबाटै थाहा पाउने छन् ।
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले किसानले सूचना प्रविधिलाई प्रयोग गरेर व्यावसायिक कृषि प्रणालीमा अगाडि बढाउन सहज हुने बताए ।
कृषि सूचना सम्प्रेषणका लागि मोबाइल फोन पाएपछि यहाँका किसान निकै उत्साहित भएको रामपुरका अगुवा कृषक सूर्यप्रसाद रेग्मी बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण