सञ्चय कोषले ६ सय ८० मेगावाटको कणाली जलविद्युत आयोजना बनाउने
सोमबार, ०८ जेठ २०७४, ११ : २६
काठमाडौं, जेठ ८–कर्मचारी सञ्चय कोषले ६ सय ८० मेगावाटको कर्णाली जलविद्युत आयोजना निमार्ण गर्ने भएको छ । उर्जा मन्त्रालयले उत्पादन सर्वेक्षण अनुमति प्रदान गरेपछि कोषले सो आयोजना निमार्ण गर्ने अवसर पाएको हो ।
उर्जा मन्त्रालयले आइतबार ‘बेतन कणार्ली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेड’ को विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्र प्रदान गरेको हो । उर्जा मन्त्री जनार्दन शर्माको उपस्थितीमा उर्जा सचिव अनुपकुमार उपाध्यायले कोषका प्रशासक कृष्णप्रसाद आचार्यलाई अनुमति पत्र प्रदान गरेका हुन् ।
सुर्खेतको विद्यापुर, वेतान, छाप्रे, गुटु, र विजौरुा गाविस तथा सेती अञ्चलको अछामको ढुंगाा चाल्ना, नारायणपुर, तुर्माखाड र केलालीको सुगरखालमा यो आयोजना अघि वढाउन अनुमति दियएको उर्जा मन्त्रालयले जनाएको छ । दुई वर्षमा सवेक्षणको काम सक्ने र पाँच वर्षमा निमार्ण सुरु हुने जनाइएको छ । सरकारी लगानीमा अघि वढायउको माथिल्लो तामाकोशी पछि यो आयोजना अर्को ठूलो आयोजना हो । यो आयोजनामा स्वदेशी प्रविधि र कोषमा रकम कट्टी हुने निजामती कर्मचारी, प्रहरी, सेना, ससस्त्रलाई लगानीको अवसर दिइने जनाइएको छ ।
गत आर्थिक वर्षमा कोषले कमाएको एक अर्ब ६० करोड मध्ये पहिलो चरणमा एक अर्व २९ करोड आयोजनामा खर्च गरिने रजनाइएको छ । ८० अर्व रुपैयाँ औषत लागत तोकिएको आयोजनामा २० अर्व रुपैयाँ अधिकृत पुँजी राखेर आयोजना अघि वढाइने जनाइएको छ । यसमा कोषका लागिानी कर्तालाई ४०, कोषले १५, नेपाल विद्युत प्राधिकरणले १५, जलविद्युत उत्पादक कम्पनीले १०, स्थानियवासीले १० र आम नागरिकलाई १५ प्रतिशत सेयर दिइने कोषका प्रशासक आर्चाले वताए । कोषमा अहिलेसम्म २ खर्व ५० अर्व रुपैयाँ रहकम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण