काठमाडौं महानगरमा रञ्जुले १२ हजार भोट ल्याउँदा विद्यासुन्दर ३२ हजार नजिक
काठमाडौं, जेठ ८– काठमाडौं महानगरपालिकामा जारी मतगणनामा नेकपा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले फराकिलो अग्रता लिएका छन् । उनले ३०९७५ मत ल्याएका छन् । उनले ३०९७५ सहित अग्रता लिँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले २१९२६ मत ल्याएका छन् । यस्तै नयाँ दल विवेकशील नेपालीकी रञ्जु दर्शनाले १२०११ मत ल्याउँदे तेस्रो स्थान ल्याएकी छिन् । यस्तै साझा पार्टीका किशोर थापाले ९०२१ मत ल्याउँदा माओवादी केन्द्रका सर्वोत्तम डंगोल २८८९ मतका साथ पाँचौं स्थानमा रहेका छन् । काठमाडौंमा मेयरमा उपमेयरमा एमाले–राप्रपाबीच तालमेल भएको थियो । तालमेलअनुसार एमालेले मेयरमा विद्यासुन्दरलाई उठाउँदा उपमेयरमा राप्रपाले राजाराम श्रेष्ठलाई उठाएको थियो । तर विद्यासुन्दरले ३२ हजारको आसपासमा भोट ल्याउँदा उपमेयरमा राजाराम श्रेष्ठले भने कांग्रेसका उपमेयर उम्मेदवारले भन्दा कम भोट ल्याएका छन् । कांग्रेसकी हरिप्रभा खड्गीले २४२२७ मत ल्याउँदा श्रेष्ठले मात्र १४२४७ मत ल्याएका छन् । यस्तै साझा पार्टीकी निरुपमा यादवले ४९९० मत र माओवादीकी सुशीला पौडेलले ३८४३ मत ल्याएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण