पोखरामा भयो सहमति, दिउँसो १ बजेबाट मतगणना सुरु हुने
कास्की, जेठ ८ – पोखरा–लेखनाथ महानगरपालिकामा फर्जी मत भेटिएपछि स्थगित भएको मतगणना आज दिउँसो १ बजेबाट सुचारु गर्न दलहरु सहमत भएका छन् । सोमबार निर्वाचन आयोगको केन्द्रीय प्रतिनिधिसहितको सर्वदलीय बैठपछि दलहरु विवादिन १७ नंमबर वडाको छाडेर मतगणना गर्न सहमत भएका हुन् । बैठकपछि कांग्रेसका जिल्ला सभापति कृष्ण केसी र माओवादीका इन्चार्ज दिपक कोइरालाले १७ नंबर वडाको मत नगनी अरु वडाको गन्न सहमत भएको बताए । उनीहरुले फेरी त्यस्तै घटना दोहोरिएमा पुन निर्वाचन गर्न एमाले समेत तयार भएकाले सहमति जुुटेको पनि बताए । पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाको मत गणना गर्दा शनिबार फर्जी मत भेटिएपछि लफडा भएको थियो । त्यसयता मतगणना नै स्थगित गरिएको थियो । शनिबार मतगणनाका क्रममा सूर्य चिन्हमा स्वस्तिक छाप ठुलो आकारको भेटिएको भन्दै माओवादी–काँग्रेस गठबन्धनले विरोध जनाएपछि मतगणना स्थगित गरिएको हो । ३३ वडा रहेको पोखरा–लेखनाथ महानगरपालिकाको १५ वटा वडाको मत गणना भैसकेको छ । जसमा कांग्रेसले आठ र एमालेले सात वटा वडाअध्यक्ष जितेका छन् । अझै १७ वटा वडाको मत गणना बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण