सगरमाथा आरोहण गर्दा तीन विदेशीको मृत्यु, एक बेपत्ता
वासिङ्टन पोष्ट
जेठ ८ – सगरमाथा आरोहणको क्रममा दुई दिनभित्र तीनजना विदेशीको मृत्यु र एकजना बेपत्ता भएको बताइएको छ ।
अलाबामाका ५० वर्षे डाक्टर रोलान्ड इयरवुडको आइतबार बिहानै मृत्यु भएको जानकारीमा उल्लेख छ । इयरवुड दुई वर्ष अधिको महाभूकम्पका बेला सगरमाथामा आएको हिम पहिरोबाट बाँच्न सफल भएका थिए ।
स्लोभाकका पर्वतारोही भ्लादिमिर स्टारबाको पनि आइतबार नै मृत्यु भएको वासिङ्टन पोष्टले बताएको छ । साथै शनिबारदेखि हराइरहेका एक भारतीय पर्वतारोहीको खोजी कार्य जारी भएको बताइएको छ । यसका साथै ५४ वर्षीया अष्ट्रेलियाका नागरिक फ्रान्सेस्को इन्रिको मार्चेटीको पनि मृत्यु भएको हिमालयन टाइम्सले बताएको छ ।
यस वर्ष सगरमाथा आरोहण गर्नेको संख्या उच्च रहेको त्यहाँका अधिकारीले बताएका छन् । यसवर्ष ३ सय ७५ जनाले सगरमाथा आरोहणको पर्मिट लिएका छन् जुन सन् १९५३ देखिको उच्च हो ।
गत आइतबार मात्र ६० आरोहीले सगरमाथा आरोहण गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण