बसको ठक्करले विद्यार्थीको मृत्यु भएपछि वीरगञ्जमा तनाव
सोमबार, ०८ जेठ २०७४, १२ : २५
अमित अग्रवाल
वीरगन्ज, जेठ ८– वीरगन्जको महाबिरस्थान चोकमा सोमबार बिहान स्कुल बसको ठक्करले एक विद्यार्थीको मृत्यु भएपछि बीरगञ्जमा तनाव भएको छ ।
वीरगन्जको पावरहाउस चोकमा रहेको कादम्बरी एकेडेमीको बसले महावीर स्थानमा ठक्कर दिदा परवानीपुरमा रहेको दिल्ली पब्लिक स्कुल कक्षा नौमा अध्ययनरत १३ वर्षिया दीया अग्रवालको घटना स्थलमै मृत्यु भएको हो ।
महावीरस्थानमै घर भएका राम अग्रवालकी छोरी दिया स्कुल जानका लागि घरबाट बिहान सवा आठ बजेतिर विद्यार्थी बटुल्दै गईरहेको कादम्बरी एकेडेमीको ना २ ख ८९३ नम्बरको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तर मृतकका आफन्त र स्थानीय प्रत्यक्षदर्शीले भने सडक पार गर्दै गरेकी दियालाइ कादम्बरी एकेडेमीको बसले ठक्करर दिँदा उनि सडकमा लडेपछि चालकले बस ब्याक गरेर मारेको आरोप लगाएका छन् ।
चालकले मादकपदार्थ सेवन गरेको र उनीसंग सवारी चालक अनुमतिपत्र लाइसेन्स समेत नभएको स्थानीयवासीले बताएका छन् । ठक्कर दिने बस स्थानीयवासीले तोडफोड गरेका छन् । दियाको मृत्यु भएपछि उनका आफन्त र स्थानीयवासीले घटनास्थलमै चिकित्सक बोलाएर चालकको मापसे चेकजाँच गर्न माग गर्दै सो बस र चालकलाई लैजान नदिएपछि महावीरस्थानमा केहिबेर तनाव भएको हो ।
प्रहरीले जबरजस्ती बस र चालकलाइ लैजाने प्रयास गर्दा स्थानीयले रोक्न खोजेका थिए । सो क्रमममा प्रहरी र स्थानीयवासी बिच झडप भएको हो । झडपमा प्रहरीले लाठी चार्ज गर्दा मृतक दियाका छिमेकी निरन्जन चौधरीको टाँउको फुटेको छ ।
उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बिहान साढे १० बजे बस र चालकलाइ सुरक्षा घेरामा राखेर जिल्ला प्रहरी कार्यालय पर्सा लगेको छ ।
दियाको मृत्यु भएपछि त्यसको विरोधमा महावीरस्थान र आदर्शनगरका व्यपारीहरुले बिहान ११ बजे सम्म पसल बन्द गरेका थिए । मृतक दियाको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले चालक र बसलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण