शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

युवती बलात्कृत, समातिए दुई युवा

सोमबार, ०८ जेठ २०७४, १२ : २९
सोमबार, ०८ जेठ २०७४
काठमाडौं, जेठ ८–रामेछापको सुनपती गाउँपालिका स्थित बेथान स्थायी घर भएकी २० बर्षिय महिलालाई दुई युवाले जबर्जस्ती करण गरेको भन्दै महानगरीय प्रहरी वृत कालिमाटीमा उजुरी परेको छ । उजुरीका आधारमा प्रहरीले काठमाडौँ महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने राजेन्द्र पोखरेल र अग्रज चौधरीलाई पक्राउ गरेको छ । मोरङ सिजुवा –८ घर भएका २९ बर्षीय पोखरेल र मोरङ बिराटनगर उपमहानगरपालिका स्थायी घर धएका २४ बर्षीय अग्रज चौधरीले आफ्नै कोठमा लगेर ति युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पोखरेलले गत बैशाख ३१ गते काठमाडौँको गोकर्नेश्वर बस्ने युवतीलाई आफ्नो डेरा कोठामा लगेर जबरजस्ती करणी गरेका थिए । त्यस्तै चौधरीले समेत जेठ १ गते ती युवतीलाई आप्mनो कोठामा लगेर जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त कालिमाटीमा निवेदन दिए पश्चात खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको हो । यसबारे आवश्यक अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी नवराज अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप