मनिषा कोइराला भन्छिन्, ‘गलत थियो मेरो विवाहको निर्णय’
एजेन्सी
जेठ ८ – नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले सात वर्ष पहिले निकै हतारमा गरेको विवाहको निर्णयमा अफसोस जताउँदै राम्रोसँग नसोची विवाहको निर्णयमा पुग्नु गलत भएको बताएकी छिन् । आज उनलाई विवाह गरेको कुरामा पछुतो भएको तर यसको जिम्मेवार आफूलाई नै सोच्छिन् ।
आजकाल आफ्नो कमब्याक फिल्म ‘डियर माया’ को प्रोमोसनमा लागिपरेकी मनिषा कोइरालाले एक भारतीय मिडियासँगको कुराकानीमा भनिन्, ‘हो, म आफ्नो विवाहको निर्णयलाई गलत मान्छु । यो कुराको पूरा जिम्मेवारी म आफैं लिन्छु किनभने उक्त विवाह मैले निकै हतारमा गरेकी थिएँ । यस विषयमा मैले निकै सोच विचार गर्नु पर्दथ्यो जुन मैले गरिनँ । म यसबारे योभन्दा बढि केही पनि भन्न सक्दिनँ ।’ मनिषा कोइरालाले सन् २०१० मा व्यापारी सम्रोट दाहालसँग विवाह गरेकी थिइन् । विवाहको दुई वर्ष पछि सन् २०१२ मा सम्बन्धविच्छेद भएको थियो ।
मनिषा थप्छिन्, ‘हेर्नुहोस्, आजकालका पीढिका किशोरीहरुसँग म निकै प्रभावित छु । आजकालका किशोरीहरु निकै बोल्ड छन् । उनीहरुले आफूलाई निकै राम्रोसँग चिनेका छन्, उद्देश्य लिन्छन् र आफ्नो गोल आफैं सेट गर्छन् । मलाई आजको पीढिका किशोरीहरु निकै राम्रा लाग्छन् । महिला यस्तै हुनुपर्छ किनभने हामीले एउटै जिन्दगी पाउँछौं ।’
Fav poster #DearMaya 2nd June pic.twitter.com/cFdOKEdGbt
— Manisha Koirala (@mkoirala) May 22, 2017
नयाँ महिला निर्देशक सुनैना भटनागरको निर्देशनमा तयार मनिषाको फिल्म ‘डियर माया’ जून २ तारिखमा रिलिज हुँदैछ । यो फिल्मपछि मनिषा राज कुमार हिरानीको निर्देशनमा बनिरहेको संजय दत्तको बायोपिकमा नरगिस दत्तको भूमिकामा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण