झापाबाट धुर्मुस–सुन्तली फाउन्डेसनलाई २० लाख
झापा, ८ जेठ । वीरता जेसिज बिर्तामोडको अगुवाइमा झापाबाट भूकम्पपीडित घर निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु १९ लाख ८० हजार ३६० सहयोग प्रदान गरिएको छ ।
महिला एसोसिएसन, अल्टसट युकेबाट कल्पना चेम्जोङले रु एक लाख ५० हजार प्रदान गरेपछि सहयोग रकम त्यति भएको वीरता जेसिज उत्कृष्ट नागरिक सम्मान समारोह २०७३ का संयोजक विनोद बस्नेतले जानकारी दिए।
बस्नेतकै अगुवाइमा झापाली नागरिकको तर्फबाट अर्थ सङ्कलन गरी गत वैशाख ३ गते धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मानसहित सहयोग रकम प्रदान गरिएको थियो ।
चेम्जोङले फाउन्डेसनलाई रु एक लाख ५० हजार प्रदान गरेसँगै सहयोग राशि बढेको हो ।
उपचार कोषमा सहयोग
झापा बिर्तामोड नगरपालिका–६ स्थित यशोदा निरौला स्मृति प्रतिष्ठानले पत्रकार सहारा उपचार कोषका लागि रु २१ हजार प्रदान गरेको छ ।
सो रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई हिजो एक समारोहका बीच प्रतिष्ठानका अध्यक्ष नन्दिकेशर निरौलाले प्रदान गरेका हुन् ।
घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पु¥याउन रु एक करोडको उपचार कोष बनाउने नेपाल पत्रकार महासङ्घ, झापा शाखाको उद्देश्य रहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण