हिउँदे धानमा फौजी किराको प्रकोप
नुवाकोट, ८ जेठ । जिल्लाका किसानले लगाएको हिउँदे ९चैते० धानमा फौजी किराको प्रकोप बढेको छ । फौजी किराले फलेका धानको पात खाएर खेत नै बाँझो बनाउने अवस्थामा पु¥याएको छ ।
एक सातादेखि देखिएका किराले धानबालीको पात खाएर बोट नै मर्न थालेपछि किसान निराश भएका हुन् । विदुर नगरपालिका–१३ अजिङ्गरेका किसान गोविन्द अधिकारीका अनुसार वैशाख तेस्रो सातादेखि फाट्टफुट्ट देखिएका किरा अहिले व्याप्त भएर धानको डाँठमात्र बाँकी राखेको छ ।
कृषि विकास कार्यालयले जिल्लाको मुख्य धान उत्पादन हुने क्षेत्रमा फौजी किरा फैलिएकाले सचेत हुन किसानलाई आग्रह गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत डा कमलराज गैरेले विषादीको प्रयोग गरी समयमै किरा नष्ट गर्नुपर्ने बताए । “किरा देखिएको क्षेत्रमा नियन्त्रणका लागि कार्यालयले साइपरमेथ्रिन र क्लोरोपाइफस नामक विषादीसमेत उपलब्ध गराएको छ ।” डा गैरेले भने – “प्राविधिकको सुझावअनुसार किसानले समयमै नियन्त्रणमा ध्यान दिए ठूलो क्षति हुनबाट बचाउन सकिनेछ ।”
फौजी किराको लार्भा उत्पादन भएको २५ दिनसम्म सक्रिय हुने गरेका छन् । त्यही समयमा उक्त किराले आक्रामक रुपमा हरियो वनस्पति खाने हुँदा रोपो जोगाउन नियमित विषादीको प्रयोग र सिँचाइ गर्नुपर्नेमा कृषि कार्यालयले जोड दिएको छ । हिउँदे धान उत्पादनका लागि पकेट क्षेत्र मानिएको जिल्लाको कल्याणपुर, जिलिङ, सूर्यमती, खानीगाउँ, चौघडा, थानसिं र आसपासका क्षेत्रमा फौजीको प्रकोप बढी छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण