सिलगुढीमा साझाको शाखा पुनः सञ्चालन हुने
काठमाडौँ, ८ जेठ । साझा प्रकाशनले भारतको सिलगुढीमा पुनः शाखा सञ्चालन गर्ने भएको छ ।
आन्तरिक अव्यवस्थापनका कारण केही वर्षयता बन्द रहेको त्यहाँको शाखा खोल्न आवश्यक पूर्वाधार पूरा भएकाले शाखा सञ्चालन गर्न लागिएको प्रकाशनले जनाएको छ ।
भारतको विभिन्न क्षेत्रबाट काठमाडौँमा साहित्यिक सम्मेलनका लागि आएका नेपालीभाषी साहित्यकारहरुलाई आज साझा प्रकाशन र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले स्वागत गर्न आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माले सिलगुढीमा चाँडै साझाको पुनः शाखा सञ्चालन गर्ने जानकारी दिँदै सबै स्रष्टाहरुको साझा चौतारीका रुपमा संस्थालाई रुपान्तरण गर्न पछिल्लो व्यवस्थापनले भरमग्दुर प्रयास गरेको बताए ।
कार्यक्रममा नेपाल र भारतका दुवै मुलुकको साहित्यिक कृतिको सहज आदानप्रदान र पठन संस्कृतिको विस्तारमा जोड दिँदै दुवै देशका स्रष्टा र अधिकारीहरुले त्यसका लागि थप प्रतिबद्धत हुने जनाएका छन् ।
भारतीय साहित्यकारका तर्फबाट डा कविता लामाले साझाका कृति र गरिमा पत्रिकाकै कारण आफूहरुको साहित्यिक यात्रा आरम्भ भएको जनाउँदै साहित्यिक सम्बन्ध विस्तारका लागि दुवैतर्फबाट पहल हुनुपर्ने बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले सिलिगुढीको मङ्गलदीपमा साझाको शाखा विस्तार गर्न आफूहरुले पनि सहयोग गर्ने भन्दै साझा प्रकाशन दुवै देशका स्रष्टाहरुको पुल बन्न सक्नुपर्ने बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक जयन्तीका अवसरमा आयोजित त्रिदिवसीय साहित्यिक सङ्गोष्ठीमा भाग लिन गान्तोक, आसाम, कोलकोता, कालिङपोङ, दार्जिलिङलगायत स्थानबाट १२ जना साहित्यकार गत साता नेपाल आएका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण