शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

युगकवि श्रेष्ठको १०६औँ जन्मजयन्ती मनाइयो

सोमबार, ०८ जेठ २०७४, १३ : ३८
सोमबार, ०८ जेठ २०७४

काठमाडौँ, ८ जेठ । युगकवि सिद्धिचरण श्रेष्ठको १०६औँ जन्मजयन्तीको उपलक्ष्यमा कविता वाचन गरिएको छ ।

प्राज्ञ रामकृष्ण दुवाल, रत्नविरही घिमिरे र अन्तरिक्ष अधिकारीले युगकवि श्रेष्ठले सिर्जना गरेका विभिन्न कविता वाचन गरेका थिए ।

ओमवहालस्थित सिद्धिचरण चोकमा गरिएको उक्त कार्यक्रममा श्रेष्ठले लेख्नुभएको तर्पण कवितालाई गायक मनिष वियमले गीतका रुपमा गाएका थिए ।

सो अवसरमा सिने निर्देशक यादव खरेलले स्वच्छन्दवादी कवि श्रेष्ठले साहित्य सिर्जनाका माध्यमबाट मुलुकमा निरङ्कुश जहानियाँ शासनका विरुद्ध जनमत तयार गरी प्रजातान्त्रिक परिवर्तनमा सहयोग गरेको विचार व्यक्त गरे ।

युगकविका छोरा रविचरण तथा समाजसेवी सुवर्ण शाक्यले युगकवि श्रेष्ठले नेपाली र नेवारीमा सिर्जना गरेका साहित्यलाई अनुवादका माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्नेमा जोड दिए।

ओखलढुङ्गामा जन्मिएका श्रेष्ठले काठमाडौँको ओमवहाललाई कर्मथलोका रुपमा प्रयोग गरेका थिए । ओमवहालमा अवस्थित श्रेष्ठको अर्धकदको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि गरिएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप