चुरे र महाभारत क्षेत्रमा डढेलो लाग्ने क्रम सुरु
डडेल्धुरा, ८ जेठ । डडेल्धुराका चुरे र महाभारत क्षेत्रका वन जङ्गलमा आगो लाग्ने क्रम बढेको छ ।
पछिल्लो समयमा पानी परेर नयाँ घास पलाउने अवस्थामा जथाभावी आगो लगाउँदा चुरे र महाभारत क्षेत्रका वनमा सखाप हुन थालेको हो । चरिचरन र घाँसका लागि छुट्याएका वनमा आगो लगाउँदा नियन्त्रण गर्न नसकी अन्य वनमा डढेलो लाग्ने गरेको स्थानीय व्यक्तिको भनाइ छ ।
व्यक्तिको लापर्बाहीका कारण आलिताल, जोगबुढा, रुपाल भागेश्वर, कैलपालमाण्डौँ, अजयमेरु, बेलापुर कोटेली, मणिलेकका वनमा लागेको डँडेलो चुरे महाभारत क्षेत्रका वनमा पनि सल्केको स्थानीय उपभोक्ताको भनाइ छ ।
जिल्ला वन कार्यालयले वन जोगाउनका लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गरेपनि आगो नियन्त्रण हुन नसकेको सहायक वन अधिकृत केशव पुडासैनीले जानकारी दिए ।
उपभोक्तामा जनचेतनाको विकास हुनाका साथै दिन बिराएर हल्का वर्षा भइरहेकाले यो वर्ष डडेल्धुराका वनमा डढेलोमा कमी भएपनि केही दिन वर्षा नहुँदा पुनः आगो लाग्न थालेको वन उपभोक्ता महासङ्घका अध्यक्ष चन्द्रदेव बोहराले जानकारी गराए ।
सामुदायिक वनका उपभोक्तामा जनचेतनाका साथै, हल्का वर्षा भइरहेकाले वनमा हुने डढेलोमा कमी आएको सहायक वन अधिकृत प्रकाश जोशीले बताए।
विशेष गरी चैत, वैशाख महिनामा वन क्षेत्रमा बढी डढेलो लाग्ने गरेको भए पनि यो वर्ष भने डडेल्धुराका करिब आधा दर्जन सामुदायिक वनको केही स्थानमा मात्रै डढेलो लागेकोे सो कार्यालयले जनाएको छ । यो वर्ष हल्का वर्षा भइरहेकाले पनि वनमा हुने आगलागीमा कमी आएको हो । डडेल्धुरामा गत वर्ष यो समयसम्म सयौँ सामुदायिक वनमा डढेलो लागेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण