प्रधानमन्त्रीले एमालेको सन्देश सुनाएपछि धारणा बनाउँदै राजपा
रातोपाटी संवाददाता
काठमाडौँ, जेठ ८ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निष्कर्श सुनाउँदै त्यस विषयमा राष्ट्रिय जनता पार्टी नेपालको धारणा माग गरेका छन् ।
सोमबार प्रधामन्त्री निवास बालुवाटरमा बसेको संक्षिप्त बैठकमा प्रधानमन्त्रीले दोस्रो चरणको निर्वाचत अघि संविधान संशोधन गर्न कठिन रहेको र स्थानीय तहको संख्या थप्ने विषयमा पनि एमालेले सहयोग नगर्ने कुरा सुनाएका थिए ।
निर्वाचनअघि संविधान संशोधनको सम्भावना यसअघि नै टरी सकेको अवस्थामा सरकारले मधेसी दललाई निर्वाचनमा सहभागी गराउन मधेसका जिल्लाहरुमा स्थानीय तहको संख्या थप्ने बताउँदै आएका थिए । यसका लागि उपप्रधानमन्त्री विजय गच्छदारको नेतृत्वमा समिति समेत गठन गरिएको थियो ।
तर, आजको बैठकमा भने प्रधानमन्त्रीले एमालेले त्यसमा पनि प्रमुख प्रतिपक्षी दलले असहयोग गर्ने बताएको कुरा सुनाउँदै त्यसमा राजपाका नेताहरुको धारणा माग गरेका थिए ।
बैठकबारे जानकारी दिँदै राजपाको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने, ‘प्रधानमन्त्रीले नेकपा एमालेको निश्कर्ष सुनाउँदै त्यसमा हाम्रो धारणा माग्नुभयो । हामीले बैठक बसेर यसबारे धारणा दिन्छौँ भन्यौँ ।’
अब कसरी अघि बढ्ने भन्ने धारणा तय गर्न राजपाको बैठक यतिबेला विजुली बजारमा बसिरहेको छ ।
आज बस्ने मन्त्रिपरिषद् बैठक अघि नै राजपाका नेताहरु प्रधानमन्त्रीलाई आफ्नो धारणा सुनाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण