भारतीय अर्थमन्त्री जेटलीद्वारा केजरीवालविरुद्ध १० करोडको मानहानी मुद्दा
नयाँ दिल्ली, जेठ ८ – भारतीय अर्थमन्त्री अरुण जेलीले अरविन्द केजरीवाल विरुद्ध अर्को मुद्दा दर्ता गराएका छन् ।
केजरीवालका वकिल जेठमलानीले जेटलीलाई अदालतमा जालसाज भएको बताएका थिए, जसमा जेटलीले मानहानीको मुद्दा दर्ता गर्दै १० करोडको क्षतिपूर्ती माग गरेका हुन् ।
पछिल्लो हप्ता दिल्ली हाइकोर्टमा मानहानीकै मुद्दाको सुनवाई भइरहेको थियो । त्यही दौरान जेठमानीले जेटलीलाई जालसाज भनेका थिए ।
यसबाट क्रुद्ध बनेका जेटली र केजरीवाल पक्षबीच तिखो बहस समेत भएको थियो ।
त्यसपछि अदालतको सुनुवाई समेत स्थगित गरिएको थियो ।
दिल्ली हाइकोर्टमा बिहिबार मानहानी ममिलामा जेठमलनीको तर्फबाट बहसको दौरान अर्थमन्त्रीमाथि गरिएको टिप्पणी अपमानजनक भएको ठहर गर्दै अर्को मुद्दा दायर गरिएको जनाइएको छ ।
के हो मामिला ?
सन् २०१५ को डिसेम्बरमा दिल्लीको मुख्यमन्त्रीको कार्यालयमा सिबिआईले छापा मारेको थियो । केजरीवालको दाबी थियो कि उनको कार्यलयमा डिडिसिए घोटालासँग जोडिएको फाइल थियो । यस रेडका दौरान उक्त फायल गायब गरियो ।
आम आदमी पार्टीका नेताहरुको आरोप छ, जेटलीले दिल्ली र जिल्ला क्रिकेट संघ (डिडिसिए) को अध्यक्ष हुँदा धेरै आर्थिक घोटाला गरेका छन् । जेटली सन् २०१० देखि १३ सम्म त्यहाँको अध्यक्ष थिए ।
यस दौरान भेटरान क्रिकेटर विशन सिंह बेदी र किर्ति आजादले पनि डिडिसिएमा आर्थिक अनियमितता भएको आरोप लगाएका थिए । यसै प्रकरणमा आजादले विजेपीबाट राजीनामा दिएका थिए ।
जेटलीले लगातार यो आरोपको खण्डन गर्दै आएका छन् । यसबीच यस मामिलामा आफूलाई जबर्जस्ती तानिएको भन्दै उनले केजरीवालसहित आपका ५ नेताहरुविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण