काठमाडौं महानगर अपडेटः एमाले ९ हजार भोटले अगाडि, उपमेयरमा काँग्रेस ११ हजारले अगाडि
सोमबार, ०८ जेठ २०७४, १४ : २८
काठमाडौ, जेठ ८– काठमाडौं महानगरपालिकामा मत गणनाका क्रममा नेकपा एमाले झन्डै ९ हजार मतले अगाडि रहेको छ । एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले ३१ हजार १ सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका राजुराज जोशीले २२ हजार १ सय ७३ मत प्राप्त गरेका छन् । यस्तै मेयर पदमा तेश्रो स्थानमा विवेकशीलकी रञ्जु दर्शनाको १२ हजार ६२ मत रहेको छ भने चौथो स्थानमा रहेको साझा पार्टीका किशोर थापाको ९ हजार १ सय ५४ मत छ । यस्तै माओवादी केन्द्रको ४ हजार ५ सय २२ मत प्राप्त भएको छ । उपमेयरतर्फ भने नेपाली कांग्रेस अगाडि छ । नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले २८ हजार ४ सय ७० मत ल्याएकी छिन् । काठमाडौं महानगरपालिकामा हालसम्म १३ वडाको मतगणना सम्पन्न भइसकेको छ । सोमबार दिँउसो २ बजेसम्म झन्डै ९५ हजार मतगणना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण