१७ वर्षीय छात्रको कमालः ५ सयको पुरानो नोटमा उत्पादन गरे बिजुली
डेक्कन क्रोनिकल्स
जेठ ८ – ओडिशाको नुआपादा जिल्लाका एक १७ वर्षीया छात्रले ५ सय भारुको प्रतिबन्धित नोटबाट बिजुली पैदा गर्ने प्रविधि विकास गरेका छन् । खरिअर कलेजका लख्मण दुन्डी नामका एक छात्रले आफू ५ सय भारुको एक पुरानो नोटबाट ५ भोल्टको बिजुली पैदा गर्न सक्ने दाबी गरेका छन् ।
लख्मणलाई उद्धृत गर्दै द टाइम्स अफ इन्डियाले भन्यो, ‘मैले ऊर्जा पैदा गर्नका लागि नोटमा भएको सिलिकन कोटिङको प्रयोग गरें । मैले नोटलाई च्यातें ता कि कोटिङ देखियो, मैले त्यसलाई घाममा सुकाएँ ।’ छात्रको दाबी अनुसार यो प्लेटलाई एक बिजुलीको तारमार्फत ट्रान्सफर्मरबाट कनेक्ट गर्दा बिजुली पैदा गर्न सकिन्छ ।
लख्मणले पिसाबबाट पैदा हुने ऊर्जामार्फत साइकल र जेनेरेटर चलाउन सकिने पनि दाबी गरेका छन् । उनले यसका लागि आफूलाई सरकारले सहयोग गरोस् भन्ने चाहन्छन् ।
मजदुर जोडी तीर्थ दुन्डी र स्वादेई दुन्डीका छोराले उनले नै बनाएका एलइडी बल्ब बेचेर आफ्नो पढाइ खर्च धानिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण