एकीकृत राप्रपा (राष्ट्रवादी) : लोहनीद्वारा पदाधिकारी मनोनयन (नामावलीसहित)
सोमबार, ०८ जेठ २०७४, १५ : २२
काठमाडौं, जेठ ८– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले सोमबार विधानबमोजित ८ जनालाई पदाधिकारी र अरु दुई जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । जसअनुसार ५ नेताहरु तारानाथ लुईँटेल, ऋषिबाबु परियार, बृजलाल यादव, मीनबहादुर कुँवर र अधिवक्ता विष्णु भट्टराईलाई उपाध्यक्ष बनाइएको छ । यस्तै श्याम तिमल्सिना र भरतजंग उप्रतीलाई महामन्त्रीमा मनोनयन गरिएको छ भने सहप्रवक्तामा प्रकाशचन्द्र सुवेदी रहेका छन् । यस्तै उज्ज्वल पोख्रेल र श्याम लामालाई केन्द्रीय सदस्यमा समेत मनोनयन गरिएको लोहनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । गत चैत १६ गते लोहनीले आफ्नै अध्यक्षतामा ७१ सदस्सीय एराप्रपा राष्ट्रवादी घोषणा गरेका थिए भने सो पार्टीको वरिष्ठ नेतामा केशर बहादुर विष्ट रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण