राजनीतिक दबाबमा रोकियो सिंचाई योजनाको काम
तुलसीपुर जेठ ८– राजनीतिक दबाबमा सिंचाई विकास डिभिजन कार्यालय तुलसीपुरले निर्माणाधिन सिंचाई योजनाको काम रोकेको छ । कांग्रेस क्षेत्रीय प्रतिनिधि ज्वाला गिरीको दवावमा दंगीसरण गाउँपालिका ४ मा पर्ने मायाँखोला बैबाङ कुलाको निर्माण कार्य रोकिएको उपभोक्ता समितिले बताएको छ ।
समितिका अनुसार दुईहप्ता अघिबाट काम रोकिएको हो । गिरीले कार्यालय प्रमुख केदार श्रेष्ठलाई टेलिफोन गरि उपभोक्ता समितिको अध्यक्ष परिवर्तन नभएसम्म काम रोक्न भनेको बताइएको छ ।
‘एउटाले बजेट ल्याउने अर्काले काम गर्ने ?’ भन्दै गिरीले विरोध गरेपछि काम रोकिएको योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष रबिसन चौंधरीले बताए । चौंधरीका अनुसार योजा निर्माण समितिको अध्यक्षमा कांग्रेसकै मान्छे हुनुपर्ने गिरीले अडान राखेका छन् । गत पुषमा सर्वदलीय सर्वपक्षीय भेलाले रबिसन चौंधरीको अध्यक्षतामा ७ सदस्य उपभोक्ता समिति गठन गरेको थियो । उपभोक्ता समितिले १५ असाढ २०७४ मा निर्माण कार्य सम्पन्न गर्नेगरि गत चैत्र २७ गते उपभोक्ता समितिले डिभिजनसंग सम्झौता गरेको थियो ।
६ सय ४५ मिटर लम्बाई, एक मिटर चौडाई र ६० सेन्टिमिटर अग्लाई नहर निर्माण गर्ने गरि श्रमदान सहित ४२ लाख ७१ हजार एक सय १७ रुपैयाँमा लागतस्टमेट गरिएको डिभिजनका सवइन्जिनियर सुरेश बुढाथोकीले जानकारी दिए । काम सुरु भएको एक हप्ता नवित्दै डिभिजनमा फोन आएपछि काम रोकिएको सव इन्जियर बुढाथोकीले बताए । उपभोक्ता समितिले करिब ६ लाख बढीको निर्माण सामग्री खरिद गरेको जनाएको छ ।
यता सिंचाई डिभिजन प्रमुख केदारकुमार श्रेष्ठले विवाद मिलेपछि मात्रै काम गर्न सकिने बताए । ‘तीन चार जनाले फोन गरेर यहाँ विवाद छ, काम रोक्नु परयो भने पछि केहिदिनका लागि काम रोकिएको हो, मिलेपछि काम सुचारु हुन्छ प्रमुख श्रेष्ठले भने ।’
यसलाई विवादित बनाउनु भन्दा पनि मिलाउन तर्फ लाग्न प्रमुख श्रेष्ठले आग्रह गरेका छन् । यता कांग्रेस क्षेत्रीय प्रतिनीधि ज्वाला गिरीले आफुले काम नरोकेको प्रतिकृया दिएका छन् । ‘ठेकदारसँग कमिसन माग्नेले कसरी काम गर्न सक्छन ? भनेर भनेको हुँ मैले काम रोकेको हैन गिरीले भने ।’ बरु उपभोक्ताले नै विरोध गरेको गिरीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण