एभरेष्ट बैंकको निक्षेप परिचालन योजना सुरु
सोमबार, ०८ जेठ २०७४, १५ : २९
काठमाडौं, जेठ ८–वित्तीय समावेशीतालाई प्रोत्साहन गर्नका साथै बंैकको निक्षेपको आधारलाई अझ मजबुत पार्न एभरेष्ट बैंकले ‘निक्षेप परिचालन योजना’ सुरु गरेको छ । जेठ १ गतेवाट सुरु भएको यस योजनाको अवधि १ महिनाको रहको छ ।
त्यस्तै समाजका बिभिन्न समुहलाई बचतको बानी बसाल्न यस योजना अन्र्तगत बैंकले विशेष गरी बचत तथा चल्ती खातामा जोड दिएको छ । खाता खोल्न आवश्यक न्यूनतम मौज्दात रकममा ५० प्रतिशत छुट प्रदान गरेको बैंकले जनाएको छ । बचत तथा चल्ती खातामा विशेष जोड भएतापनि ग्राहकले मुद्दती र कल खाता पनि आर्कषक ब्याजदरमा खोल्न सक्ने जनाइएको छ ।
एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले एसियन पेन्टस् न्युबिज ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३’ का साथै आब २०६८÷०६९मा ‘वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता’ को सम्मान प्राप्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण