दाङमा निर्वाचन लक्षित गतिबिधि तीब्र
सोमबार, ०८ जेठ २०७४, १५ : ४१
तुलसीपर, जेठ ८ – जिल्ला निर्वाचन कार्यालय दाङले निर्वाचन लक्षित गतिबिधिहरु तीब्र बनाएको छ । दोश्रो चरणको निर्वाचन अन्तरगत जेठ ३१ मा हुन लागेको निर्वाचनका लागी निर्वाचन लक्षित गतिबिधि तीब्र पारेको आयोगको कार्यलयले जनाएको छ । जस अन्र्तगत कार्यालयले मतदाता शिक्षा कार्यक्रमलाई पनि पुनः सञ्चालन गरेको छ । दुई चरणको निर्वाचन तालिका सार्वजनिक भएपछि बैशाख १२ गतेदेखि स्थगित भएको मतदाता शिक्षा कार्यक्रम यहि जेठ ५ गतेदेखि पुनः सुरु भएको निर्वाचन अधिकृत विजय कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार २ उपमहानगरपालीका, १ नगरपालीका र ७ वटा गाउँपालिकाका ३ सय ५१ मतदान केन्द्रमा प्रत्येक मतदान केन्द्रका लागी एक÷एक जनाका दरले मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको छ । मतदानका सहभागीता बृद्धि गर्न, बदर मतको प्रतिशत घटाउन, निर्वाचनमा लैंगिक , समावेशिताका विषयमा जानकारी गराउन, मतदान गर्न लगायतका विषयमा जानकारी गराउनका लागी मतदाता शिक्षा कार्यक्रमको महत्वपुर्ण भुमिका रहने कार्यालयले जनाएको छ ।
यसैगरी कार्यालयले प्रत्येक मतदान केन्द्रका लागी मतदान अधिकृतहरु पनि तोकिसकेको र जेठ १५ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय तोकिने जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण