वृद्ध दम्पतीको हत्या
सोमबार, ०८ जेठ २०७४, १५ : ५५
धनगढी, ८ जेठ । धनगढी उपमहानगरपालिका–७ बुद्धचोकमा गएराति एक वृद्ध दम्पतीको हत्या भएको छ ।
बुद्धचोकमा रहेको आफ्नै पक्की घरको कोठामा ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्ता जोशी मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
गएराति नै हत्या भएको अनुमान गरिएको सो घटनाको आज बिहानमात्रै स्थानीयवासीले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
मृतक दुवैको मुखमा घाउ रहेको बुढामगरले बताए । दम्पतीको हत्या गरेर शव कोठामा राखी बाहिरबाट ताला लगाइएको थियो । घटनामा प्रहरीले एक पुरुष र छ महिलालाई पक्राउ गरी अनुसन्धान थालेको छ । आसङ्कीत अर्का एक व्यक्ति फरार छन् । मृतक दम्पतिका छोरा विदेशमा छन् ।
घरको कारोबारको विषयलाई लिएर उक्त घटना गराइएको हुन सक्ने आशङ्का गरिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण