अव मोवाइलवाटै बजेट : नयाँ एप सार्वजनिक
काठमाडौं, जेठ ८–अर्थमन्त्रालयले बजेट सम्वन्धी सवै जानकारी दिने नयाँ मोवाइल एप्लिकेशन निमार्ण गरेको छ । उपप्रधान एवं अर्थमन्त्री कृष्णवहादुर महराले सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा सो ‘बजेट मोवाइल एप’को औपचारिक उद्घाटन गरेका हुन् ।
आगामी आर्थिक वर्षको वजेट सम्वन्धी सम्पूर्ण जानकारी मोवाइल एपवाटै लिन सक्ने गरि यो एपको निमार्ण भएको अर्थमन्त्रालयले जनाएको छ । गुगल स्टोरमा गएर डाउनलोड गर्न सकिने यो एप एन्ड्रोइड मोवाइलमा उपलव्ध हुने जनाइएको छ । आइफोन प्रयोककर्ताले भने अव १५ पछि मात्र यो एपको प्रयोग गर्न पाउनेछन् ।
सूचना र प्रविधिको उच्चतम प्रयोगलाई ध्यानमा राख्दै अर्थमन्त्रालयले वजेट एप ल्याएको जनाएको छ । यसवाट वजेट सम्वन्धी रातो, पहँेलो किताव, कर र अन्य डाटा तथा पाइचार्ट पनि हेर्न सकिनेछ । आगामी जेठ १५ गते सार्वजनिक हुने आगामी आर्थिक बर्षको बजेट पनि यो एपवाट प्रत्यक्ष सुन्न, हेर्न सकिने जनाइएको छ । सरकारले अहिले वजेट अन्तिम चरणमा पुगेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण