शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खैरहनी नगरपालिकामा एमाले विजयी

सोमबार, ०८ जेठ २०७४, १६ : ००
सोमबार, ०८ जेठ २०७४

चितवन, ८ जेठ । पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का लालमणि चौधरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र चौधरीलाई ९८४ मतले पछि पार्दै लालमणि विजयी हुनुभएको हो । लालमणिले १० हजार ७१७ मत प्राप्त गर्नुभएको छ भने राजेन्द्र चौधरीले नौ हजार ७३३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा पनि एमालेकै सुनिता थपलिया खरेल विजयी हुनुभयो । थपलियाले १० हजार ४५१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उम्मेदवार सुशीलादेवी उप्रेतीले नौ हजार ८८८ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार एकराज डल्लाकोटीले तीन हजार १४७ मत प्राप्त गर्नुभयो भने उपप्रमुखमा रेवती सेढाईंले दुई हजार ९२० मत प्राप्त गर्नुभएको छ ।

खैरहनीको १३ वडा मध्ये एमालेले सातवटा वडामा अध्यक्ष जितेको छ भने नेपाली काँग्रेसले छवटा वडामा जित हासिल गरेको सहायक निर्वाचन अधिकारी एवम् सूचना अधिकारी दिवाकर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं १, ६, ७, ८, ९, १०, ११ वडामा एमालेका उम्मेदवार विजयी हुनुभएको छ भने वडा नं २, ३, ४, १२ र १३ वडामा काँग्रेसले वडाध्यक्षमा जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप