मृत्युशय्यामा भएका क्यान्सर पीडितले भावुक विवाह समारोहमा गरे प्रेमिकासँग विवाह
मिरर डट को डट युके
जेठ ८ – मृत्युशय्यामा भएका एक क्यान्सर पीडितले आफ्नी प्रेमिकासँग विवाह गरेका छन् । यी दुईको विवाह कार्यक्रम अपरिचितहरुले २४ घण्टाभित्र आयोजना गरेको बताइएको छ ।
रे केरसअ, ६३, र ट्रेसी ब्रुक्स, ४५, ले आफ्नो विवाह अर्को वर्ष गर्ने योजना बनाएका थिए तर रेलाई गत मार्च महिनामा क्यान्सर भएको पत्ता लागेपछि उनीहरुले यसरी विवाह गरेका हुन् ।
एक अपिल प्रकाशनपश्चात् अपरिचित र ब्यापारीहरुले विवाहका लागि चाहिने सम्पूर्ण सामग्री जस्तै वेडिङ कार, फूलहरु, स्थान, लुगा, केक उपलब्ध गराइदिने अफर दिएका थिए ।
डिओडेनमको क्यान्सर भएका रे आफ्नो अन्तिम अवस्थामा छन् र उनको रोचडेलस्थित स्प्रिङहिल हस्पिसमा उपचार भइरहेको छ ।
अपिरिचतहरुको सहयोग र च्यारिटी गिफ्टका कारण रोचडेलमै बस्ने यी जोडीको विवाह सम्भव भएको हो ।
जुन २ तारिखमा गरिने भनिएको उनीहरुका विवाहका लागि सहयोगको अपिल गरिएको थियो । यद्यपी, रेको स्थिती बिग्रन थालेपछि उनीहरुको विवाह शनिबार नै आयोजना गरिएको हो ।
रे र ट्रेसीको विवाहमा आफन्त, नजिकका साथी र नर्सिङ स्टाफको उपस्थितीमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण