दोहोरो अंकले ओर्लियो पुँजी बजार
सोमबार, ०८ जेठ २०७४, १६ : १९
काठमाडौं, जेठ ८–नेपालको पुँजी वजार आज पनि दोहारो अंकले ओर्लिएको छ । चुनावी नतिजा आउनेक्रम अन्तिम चरणमा पुग्दै गर्दा वजारले भने यो परिणामलाई स्वागत गरेको देखिदैन ।
एक सय ४५ कम्पनीको ९ लाख ८५ हजार ५ सय ५० कित्ता सेयर खरिद विक्रि भएको आज ५२ करोड ८६ लाख ७९ हजार ९ सय २२ रुपैयाँको कारोवार भएको छ । आज वजार १० दशमलव ८४ अंकले झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
आज वजारमा बैकिङ समूहको सूचक १४.२२, विकास बैंक समूहको सूचक ५.६७, जलविद्युत समूहको सूचक १०.१३, बीमा समूहको सूचक ६५.३६ अंकले झरेको छ ।
आज होटल समूहको सूचक १२.७२, उत्पादनमुलक समूहको सूचक २०.६४ र फाइनान्स समूहको सूचक ०.११ अंकले वढेको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण