काठमाडौं महानगर अपडेट : मेयरमा एमाले अग्रता कायमै, उपमेयरमा काँग्रेस अगाडि
काठमाडौ, जेठ ८– काठमाडौं महानगरपालिकामा मत गणनाका क्रममा नेकपा एमाले झन्डै ९ हजार मतले अगाडि रहेको छ । एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले ३१ हजार ५ सय ५५मत प्राप्त गर्दा नेपाली कांग्रेसका राजुराज जोशीले २२ हजार ४ सय २१ मत प्राप्त गरेका छन् ।
यस्तै मेयर पदमा तेश्रो स्थानमा विवेकशीलकी रञ्जु दर्शनाको १२ हजार १ सय ३३ मत रहेको छ भने चौथो स्थानमा रहेको साझा पार्टीका किशोर थापाको ९ हजार २ सय २३ मत छ । यस्तै माओवादी केन्द्रका मेयर सर्वोत्तम डंगोलको ३ हजार चारसय ५४ मत आएको छ । माओवादीका उपमेयरका उम्मेदवारको ४ हजार ५ सय ९३ मत प्राप्त भएको छ ।
उपमेयरतर्फ भने नेपाली कांग्रेस अगाडि छ । नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले २९ हजार ६५ मत ल्याएकी छिन् । एमाले राप्रपा गठबन्धनका उपमेयरका उम्मेदवार राजाराम श्रेष्ठले १७७३१ मत ल्याएका छन् । काठमाडौं महानगरपालिकामा हालसम्म १३ वडाको मतगणना सम्पन्न भइसकेको छ ।
सोमबार दिँउसो ४ बजेसम्म ९६ हजार ४ सय ४१ मतगणना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण