ललितपुर महानगरको मतगणना स्थलमा देखिएका दृष्य
कृष्ण गिरी
ललितपुर, जेठ ८–मतगणना सु्रु भएको ८ दिन भइसक्दा पनि ललितपुर महानगरपालिकामा मतगणना सकिएको छैन । सुरुका दिनमा जुन जोस, जाँगर र उत्साह थियो त्यसको तुलनामा पछिल्लो त्यस्तो देखिन्नँ । २९ वटा वडा भएको ललितपुरमहानगरपालिकामा अहिले सम्म २३ वटा वडाको मत गणना सकिएको छ । माओवादी केन्द्र एउटामा विजयी भएको छ भने अन्य वडाहरुमा एमाले–काँग्रेसको विजय भएको छ । ललितपुर महानगरपालिकामा जति ढिला सुस्तीकासाथ मतगणना भइरहेको छ त्यसबाट उम्मेदारहरु नै आजित भएका छन् । मतगणना स्थलमा देखिएका दृष्यहरु फरक फरक छन् । उक्त स्थानमा उम्मेदारहरु,उनका कार्यकर्ता र सुरुक्षामा खटिएका सुरक्षार्मीमात्र होइन झण्डा बोकेका साना बालबालिका पनि देखिन्छन् । रातभरी मतगणनामा बसेका उम्मेदारहरु चौरमै सुतिरहेका भेटिन्छन् । सामेबार त्यहाँ पुग्दा निर्वाचन स्थलबाहिर राजनीतिक दलका कार्यकर्ताहरु नारा जुलुस गरीरहेका थिए भने मतगणना स्थलको चौरको एक कुनामा भने नेपाली काँग्रेस,नेकपा एमाले र माओवादी केन्द्रका मेयरका उम्मेदारहरु मजाले नै भलाकुसारी गरीरहेका थिए । निर्वाचनमा तालमेल गरेको एमाले र राप्रपाका उम्मेदारहरु पनि संगसंगै हिँडिरहेका देखिए । तर, ललितपुरमहानगरमा एमालेसंग तालमेल गरेको राप्रपाका उपमेयर बाबुलाल प्रधानले एमालेको मेयरको जति भोट नल्याएपछि एमालेले धोका दिएको बताउदै आएका छन् । तर पनि हसिला स्वभावका प्रधान विहान देखि वेलुका सम्म मतगणना केन्द्रमा नै हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण