शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एमालेका केन्द्रीय सदस्य र पूर्व सभासद् उपेन्द्रको पार्टीमा प्रवेश

सोमबार, ०८ जेठ २०७४, १७ : ४७
सोमबार, ०८ जेठ २०७४
पर्सा, जेठ ८– मधेशको मागलाई एमाले पार्टीले सम्बोधन गर्न नसकेको भन्दै सो पार्टीका केन्द्रीय सदस्य प्रल्हाद गिरी तथा पूर्वसभासद् प्रद्युम्न चौहान संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । केन्द्रीय सदस्य गिरी र पूर्वसभासद चौहानले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजिनामा दिएर सोमबार फोरम नेपालमा प्रवेश गरेको सो दलका जिल्ला अध्यक्ष प्रदीप यादवले जानकारी गराए । मधेस आन्दोलनबाट उठेका मागहरुलाई संस्थागत गर्नुपर्ने जनचाहनालाई एमाले पार्टीले उपेक्षा गरेकाले पार्टीको साधारण सदस्य लगायत सम्पूर्ण पदबाट राजीनामा दिएको गिरी र चौहानले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । पहिलो चरणको स्थानीय निर्वाचनअघि सरकारले गरेको सहमतिअनुसार तराई मधेसमा स्थानीय निकायको संख्या वृद्धि गरी दोस्रो चरणको चुनाव गराउनुपर्ने अहिलेको राजनीतिक आवश्यकता भएपनि एमालेको मधेस विरोधी आडानको कारण राजनैतिक निकास निस्कन नसकेका आरोपसमेत लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप