शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ कामपाः १३ वटा वडाको मत

सोमबार, ०८ जेठ २०७४, १८ : ०१
सोमबार, ०८ जेठ २०७४
काठमाडौं जेठ ८ – काठमाडौं महानगरपालिकाको आज थप पाँच वटा वडाको मतपरिमाण सार्वजनिक गरिएको छ  . सार्वजनिक गरिएका पाँच वटा वडामा नेकपा (एमाले)ले चार र नेपाली कांँग्रेसले एक वडामा जित हासिल गरेको छ । वडा नंं ३ का वडाध्यक्षमा एमालेका दीपक केसीले तीन हजार ६२ मत प्राप्त गरेर विजय हुनुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँंग्रेसका विदुर कार्कीले एक हजार ५४२ मत प्राप्त गर्नुभएको छ । अन्य सदस्यमा पनि एमालेका नै विजय हुनुभएको छ । खुला सदस्यमा कृष्ण चालिसे र प्रेम थापा तथा महिला सदस्यमा सीता थापा र दलित महिला सदस्यमा शर्मिला परियार विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत अधिकारीका अनुसार ५ नं वडामा नेपाली काँग्रेसका रमेश डङ्गोल एक हजार ६८० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका गणेश श्रेष्ठले एक हजार ६७५ मत प्राप्त गर्नुभएको छ । अन्य सबै सदस्य काँग्रेसबाट विजयी हुनुभएको छ । खुला सदस्यमा उत्तमराज शर्मा र सुमन न्यौपाने तथा महिला सदस्यमा मीना सिंह र दलित महिला सदस्यमा कृष्णमाया नेपाली विजयी हुनुभएको छ । यस्तै २२ नं वडामा एमालेका चीनकाजी महर्जन एक हजार ६५७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी शालिकराम तण्डुकारले एक हजार ६४९ मत ल्याउनुभएको छ । यस्तै महिला सदस्यमा कांँग्रेसकी रस्मिला मल्ल, दलित महिलामा एमालेकी गीता परियार र खुलातर्फ काँग्रेसका अनिल हाडा र यक्षमान तुलाधर विजयी हुनुभएको छ । यस्तै २३ नंमा एमालेका मचाराम महर्जन एक हजार ९९८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी काँंग्रेसका लक्ष्मीनारायण मानन्धरले ८८० मत प्राप्त गर्नुभएको छ । खुला सदस्यतर्फ राप्रपाका गोपाल नापित र एमालेका ज्योति शाक्य तथा महिला सदस्यमा एमालेकी चन्द्रादेवी मानन्धर र दलित महिलामा कञ्चन नेपाली विजयी हुनुभएको छ । यस्तै वडा नं २४ का वडाध्यक्ष एमालेका बालकृष्ण श्रेष्ठ एक हजार ४५२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निटकतम प्रतिद्वन्द्वी काँग्रेसका विनोदराज भण्डारीले ९१४ मत प्राप्त गर्नुभएको छ । अन्य चार खुला सदस्यमा एमालेकै विजयी हुनुभएको छ । खुला सदस्यमा विनोद तुलाधर र सुमन स्थापित तथा महिला सदस्यमा लक्ष्मी महर्जन विजय हुनु भएको छ । सो वडामा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन कार्यालयले जनाएको छ । अहिलेसम्म महानगरपालिकाका १३ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप