अफगान सुरक्षाबलको कारबाहीमा ७१ आतङ्ककारी मारिए
सोमबार, ०८ जेठ २०७४, १८ : ०५
काबुल, जेठ ८ – द्वन्द्वग्रस्त राष्ट्र अफगानिस्तानमा गत २४ घन्टाभित्र भएका शृखलावद्ध सुरक्षा कारबाहीमा परी ७१ आतङ्ककारी मारिएका अफगान गृह मन्त्रालयले सोमबार प्रकाशित विज्ञप्तिमा जनाएको छ ।
अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलको संयुक्त प्रयासमा आतङ्ककारी विरुद्ध जारी १२ वटा कारबाहीको क्रममा गत २४ घन्टाभित्र ७१ आतङ्ककारी मारिएका प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानको नान्र्गाहार, हेलमान्ड, लाघमान, फराह, कन्दुज, घोर, वार्दाक र जाबुल प्रान्तमा जारी कारबाहीको क्रममा ४० भन्दा बढी आतङ्ककारी घाइते भएका छन् भने अन्य सात जना पक्राउ परेका छन् ।
अफगान गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षा बलतर्फ भने कुनै हताहत भएको जनाकारी दिइएको छैन् ।
अफगानिस्तानमा द्वन्द्वरत तालिवान र इस्लामिक स्टे«ट आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । रासस÷सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण