शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जब स्थानीय जनप्रतिनधिले सपथ गरी पदभार ग्रहण गरे

सोमबार, ०८ जेठ २०७४, १८ : २५
सोमबार, ०८ जेठ २०७४
समुन्द्र घिमिरे लमजुङ, जेठ ८– स्थानीय तह निर्वाचन २०७४ मा बेसीशहर नगरपालिका, मस्र्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकाका जनप्रतिनिधिहरुले सपथ लिनुको साथै पदभार ग्रहण गरेका छन् । बेसीशहर नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षदेखि महिला, दलित र खुला सदस्यहरुले सपथ ग्रहण गरेका छन । मेयर, उपमेयर वडा अध्यक्षलाई मुख्य निर्वाचन अधिकृत एवं न्यायधिश अर्जुन अधिकारीले सपथ खुवाए । साथै सोही अवसरमा निर्वाचित वडा सदस्यहरुलाईपनि सपथ खुवाइएको थियो । जिल्ला समन्वय समितिको सभा हलमा भएको कार्यक्रममा सपथ ग्रहणको साथै प्रमाणपत्र वितरण पनि गरिएको थियो । कार्यक्रममा सांसद टुका हमाल र मुख्य निर्वाचत अधिकृत अर्जुन अधिकारीले संयुक्त रुपमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बेसीशहर नगरपालिकाका नवनिर्वाचित प्रमुख गुमानसिंह अर्याल र उप्रमुख लक्ष्मी अधिकारी तथा वडा अध्यक्षहरुकोतर्फबाट वडा नम्बर २ अध्यक्ष गणेश कंडेलले प्रतिवद्धता मन्तव्य व्यक्त गरे । यस्तै मस्र्याङ्दी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई पनि सपथ खुवाइएको छ । निर्वाचित गाउँपालिकाको अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विश्वकर्मा र वडा अध्यक्षहरुलाई निर्वाचन अधिकृत राजेन्द्र प्रसाद पौडेलले सपथ खुवाएका थिए । दलित महिला, महिला सदस्य, खुला सदस्यहरुलाई अध्यक्ष अर्जुन गुरुङले सपथ खुवाए । अध्यक्ष गुरुङ र उपाध्यक्ष विश्वकर्माले पदभार ग्रहण गरे । उनीहरुलाई भिन्दाभिन्दै कोठामा पदभार ग्रहण गराइएको थियो । दुबैजनालाई एक÷एक वटा ल्यापटप, डायरी, कलम, पेनड्राइभ प्रदान गरियो । कार्यक्रम सांसद् जमीन्द्रमान घलेले जनताको पक्षमा दत्तचित्त भएर काम गर्न आग्रह गरे । आजदेखि अग्नीपरीक्षा सुरु भएकाले आफू सप्रने र विग्रने आफ्नै हातमा रहेको उनले सुझाए । नवनिर्वाचित अध्यक्ष गुरुङले मस्र्याङ्दी गाउँपालिकाको सम्वृद्धिका लागि साझा र निश्पक्ष ढंगले अघि बढ्ने प्रण गरे । यसैगरी, दोर्दी गाउँपालिकाका निर्वाचित प्रमुख ओमबहादुर गुरुङ, दिलबहादुर गुरुङ साथै सवै वडा अध्यक्ष तथा सदस्यहरुलाई आइतबार पद तथा गोपनीयताको सपथ खुवाइएको छ । सपथ र पदभार ग्रहण गर्दै उनीहरुले जनताको पक्षमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । सोमबार मध्यनेपाल नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, वडाअध्यक्षदेखि महिला, दलित र खुला सदस्यहरुले सपथग्रहण गरे । यस्तै राइनास नगरपालिकाका निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षदेखि महिला, दलित र खुला सदस्यहरुले पनि सपथ ग्रहण गरे । दुधपोखरी गाउँपालिका निर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षदेखि महिला, दलित र खुला सदस्यहरुलाई पनि पद तथा सपथ खुवाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप