चलचित्र पत्रकारिता दिवसमा कलाकार, पत्रकारलाई पुरस्कार र सम्मान
सोमबार, ०८ जेठ २०७४, १८ : ४२
काठमाडौं, जेठ ८ – बलिउड चलचित्र ‘बर्फी’मा समेत अभिनय गरेर चर्चा कमाएका कलाकार भोलाराज सापकोटा, चलचित्र पत्रकार शान्ती प्रिय, बिजय आवाज लगायत आधा दर्जन बढि ब्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
चलचित्र पत्रकारिता दिवशको अवसर पारेर आइतबार राजधानी तथा मकवानपुरको हेटौडामा आयोजित बेग्ला बेग्लै कार्यक्रममा कलाकार तथा पत्रकारलाई सम्मान गरिएको हो ।
चलचित्र पत्रकार संघ मकवानपुर साखाले आइतवार हेटौडा रिर्सोटमा आयोजना गरेको कार्यक्रममा बरिष्ठ पत्रकार शान्ति प्रियलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७४’ले सम्मान गर्दा सोही अवसरमा पत्रकारिता पुरस्कार कपिल खड्का र कलाकारिता सम्मान भोलाराज सापकोटाले प्राप्त गरे ।
शान्ती प्रियलाई ११ हजार र सापकोटा र खड्कालाई पाँच पाँच हजार रुपियाका साथमा दोसल्ला, ताम्रपत्र द्धारा सम्मान गरियो ।
यस्तै चलचित्र पत्रकार संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा चलचित्र पत्रकारिता सम्मान डाक्टर नवराज लम्साल र चलचित्र पत्रकारिता पुरस्कार पारस पौडेल र विजय सुवेदी ‘आवाज’लाई प्रदान गरियो ।
पौडेल र सुवेदीले सम्मान पत्र, ट्रफी र नगद २१ हजार प्राप्त गरे । कार्यक्रममा यसै बर्षबाट थपिएको ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ स्वेच्छा राउतलाई दिइयो । राउतले पुरस्कारका रुपमा ट्रफी र ल्यापटप समेत प्राप्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण