जनप्रतिनिधिलार्इ बधाइ दिँदा ओलीको आक्रोश– यो भ्रष्ट र लुटेरा सरकार हो
सोमबार, ०८ जेठ २०७४, १८ : ४३
‘बुथ कब्जा गर्ने काम काँग्रेसले गर्यो’
भक्तपुर, जेठ ८– एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारप्रति खनिएका छन् । उनले वर्तमान सरकारलाई भ्रष्ट र लुटेराहरुको सरकार भएको आरोप समेत लगाए ।
नेकपा एमालेका तर्फबाट भक्तपुरको सूर्यविनायक नगरपालिकामा बिजयी उम्मेदवारहरुलाई सोमबार बधाई तथा शुभकामना दिदैं ओलीले भने ‘यो सरकार लुटेरा र भ्रष्टहरुको सरकार हो ।’
निर्वाचनको मुखमा आएर ९८ अर्ब रुपैंयाँ रकमान्तर गरेर राज्यको ढुकुटी दुरुपयोग गरेको अध्यक्ष ओलीको आरोप थियो । सरकारको पूर्व घोषित नीति तथा कार्यक्रममा समाबेश नै नभएका केही जिल्लामा निर्वाचनलाई प्रभावित बनाउन पैसा दिइएको ओलीले आरोप लगाए ।
संविधानको मर्म र भावना विपरित सरकार जनप्रतिनिधिको अधिकार कटौतीमा लागेको ओलीको भनाई छ । ‘दोस्रो चरणको निर्वाचनको मिति घोषणा भएपछि स्थानीय तहको संख्या थप्नु संविधान विपरित हुने उनको भनाइ थियो । पहिलो चरणको निर्वाचनमा जहाँजहाँ बुथ कब्जा भएको छ त्यो काम नेपाली कांग्रेसले गरेको ओलीको भनाइ छ ।
मतगणनाको भएका कतिपय महानगर र नगरपालिकामा एमालेले जित्ने निश्चित भएपछि कांग्रेस र माओवादीले धाँधली भयो भन्दै एमालेको जितलाई रोक्न खोजेको ओलीले आरोप लगाए ।
कार्यक्रममा पूर्व उद्योग मन्त्री महेश बस्नेत, सूर्यविनायका नगरप्रमुख बासुदेव थापा, उपप्रमुख जुना बस्नेत, ५ वडा अध्यक्ष राजकुमार जोशीलगायतले जनभावनाअनुसार कार्य गर्न जनप्रतिनिधि तयार हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण